Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लिङ्देनलाई थापाको व्यंग्य - राजसंस्थालाई डिपफ्रिजमा थन्क्याए, लोकतन्त्रकै बाटोमा आए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि राजसंस्थालाई थन्क्याएको भन्दै व्यंग्य गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संसदमा असाधारण समर्थन पाएपछि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत राप्रपाको निर्णयको आलोचना गरेका हुन् ।

राप्रपाले राजसंस्थालाई डिपफ्रिजमा थन्काएर लोकतन्त्रको बाटोमा आएको उनले बताए ।

'संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै सुशासन र समृद्धिका निम्ति सरकारु लाई समर्थन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको अनुरोध शीरोधार्य गरी सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय रमाइलो लाग्यो,' उनले भनेका छन्, 'अन्ततः राजसंस्थालाई 'डिपफ्रिज'मा थन्क्याएर उहाँहरु पनि लोकतन्त्रको बाटोमा आउनुभयो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077