Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतसंग श्रीलंका ६७ रनले पराजित, विराटको ७३औं अन्तर्राष्ट्रिय शतक

काठमाडौं । विराट कोहलीको ७३औं अन्तर्राष्ट्रिय शतकको मद्दतमा भारतले पहिलो वान डेमा मंगलबार राति श्रीलंकालाई ६७ रनले पराजित गरेको छ ।

कोहलीले दुई पल्ट जीवनदान पाए र ८७ बलमा १ सय १३ रन बनाए ।

रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १ सय ४३ रनको ठोस साझेदारी गरेपछि पहिले ब्याटिङ गरेको भारतले सात विकेटमा ३ सय ७३ बनाएको थियो ।

जवाफमा श्रीलंकाले आठ विकेट गुमाएर ३ सय ६ रन मात्र बनाउन सक्यो ।

त्यसमा कप्तान डसुन सनका १ सय ८ रन बनाएर नटआउट रहे । कोहलीले भने आफ्नो वान डे खेल जीवनको ४५औं शतक बनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077