Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानी गृहमन्त्री सनाउल्लाहमाथि जुत्ता प्रहार

एजेन्सी । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ । गृहमन्त्री सनाउल्लाह कार भित्रै बसिरहे बेला अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेका हुन् ।

राणा सनाउल्लाह त्यतिबेला पञ्जाब विधानसभाबाट जाँदै थिए । यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केही बेर रोकेका थिए ।

यसअघि मंगलबार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो ।

पञ्जाबमा पाकिस्तान तहरीक–ए–इन्साफ पीटीआई को सरकार छ । तर, पीएमएल–एन यहाँ आफ्नो मुख्यमन्त्री बनाउने कोसिसमा जुटेको छ ।

पञ्जाबका मुख्यमन्त्री परवेज इलाहीको विश्वासको मतलाई लिएर पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल–एन र पञ्जाबको गठबन्धन सरकारबीच विगत केही दिनदेखि विवाद चलिरहेको छ ।

यही कारणले गर्दा राणा सनाउल्लाह सभाको बैठकमा नेताहरुलाई भेट्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077