Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेस प्रदेशको मुख्यमन्त्रीमा यादवको दाबी पेस, ६३ सांसदको समर्थन

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादवले दाबी पेस गरेका छन् ।

बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको दाबी पेस गरिएको हो । उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाहेकका सबै दलले समर्थन गरेका छन् ।

१०७ सदस्यीय मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको आवश्यकता पर्छ। यहाँ एमालेको २३, नेपाली कांग्रेसको २२, जसपाको १६, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा माओवादी केन्द्रको ८, एकीकृत समाजवादीको ७ र स्वतन्त्र सांसद ६ जना रहेका छन्।

यस्तै, यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक-एक सिट रहेको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार मधेस प्रदेशको नेतृत्व जसपा र जनमतले आलोपालो गरी लिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077