Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेश सभा सभामुखका लागि २ जनाको उम्मेदवारी

    सुदूरपश्चिम प्रदेश सभा सभामुखका लागि २ जनाको उम्मेदवारी

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 912
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि बुधबार दुई जनाको उम्मेदवारी परेको छ ।

    नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट माओवादीका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावलको उम्मेदवारी परेको हो ।



    प्रदेशसभा सचिवालयले सभामुख मनोनयनका लागि आज दिउँसो २ः३० बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने समय तालिका बनाएको थियो ।



    सोहि समय तालिकाअनुसार नेपाली कांग्रेस र माओवादीबाट प्रदेश सभा सदस्यमा निर्वाचित दुबै सांसदले सभामुखका लागि मनोनयन दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

    सभामुखको निर्वाचन भोलि दिउँसो १ बजे हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार