Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बागमतीका सभामुख पाठकले त्यागेनन् राप्रपाको जिम्मेवारी

    बागमतीका सभामुख पाठकले त्यागेनन् राप्रपाको जिम्मेवारी

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 543
    SHARES

    काठमाडौं । सामान्यत: सभामुख भएपछि पार्टीकाे जिम्मेवारीबाट अलग रहनुपर्ने मान्यतालाई बागमतीका सभामुख भुवन पाठकले नकारेका छन् ।

    बागमती प्रदेश सभाको सभामुख पदमा निर्वाचित पाठक अझै राष्ट्रिय प्रजातन्त्र पार्टीको गतिविधिमा सक्रिय छन्।



    सभामुख पाठकले पदभार ग्रहण गरेको १२ दिनसम्म पनि पार्टीका कार्यक्रममा पहिले जस्तै सक्रिय भइरहेका छन्।



    सभामुखमा निर्वाचित भएपछि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुनुपर्नेमा पाठक अझै पनि राप्रपाको जिम्मेवारीमा रहेको खुलेको छ।

    नेपालको संविधानको धारा १८२ मा सभामुख र उपसभामुख गठनको भूमिकाबारे उल्लेख गरिएको छ।

    जसअनुसार राजीनामा दिनैपर्ने संवैधानिक व्यवस्था नगरिए पनि नैतिकताको आधारमा सभामुखको पदभार ग्रहण गरेपछि पार्टीको सदस्यताबाट राजीनामा दिनुपर्ने हुन्छ।

    तर सभामुख पाठकले पदभार ग्रहण गरेको १२ दिनसम्म पार्टी सदस्यता नत्यागी बसेका छन्। पाठकले सभामुख भएपछि पार्टी छाेड्नुपर्ने कुनै कानुनी व्यवस्था नभएकाे जिकिर गरे । पार्टी छाेड्ने वा नछाेड्ने भन्ने विषय आफ्नाे व्यक्तिगत भएकाले आवश्यक परेकाे अवस्थामा निर्णय गर्ने पाठककाे भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार