Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लुम्बिनीका सभामुख र उपसभामुखले लिए सपथ

    लुम्बिनीका सभामुख र उपसभामुखले लिए सपथ

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 516
    SHARES

    रूपन्देही । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खाण केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

    मंगलबार प्रदेश सभा बैठकबाट निर्विरोध निर्वाचित भएका घर्ती र खाणले बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा बुधबार शपथ ग्रहण गरेका हुन्।



    सभामुख घर्तीले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिएका थिए। उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ ग्रहण गराएका थिए।



    शपथ समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुखसचिव सहित विभिन्न मन्त्रालयका सचिवहरू सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार