Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ मा पुनः विश्वासको मत लिने

    लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ मा पुनः विश्वासको मत लिने

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 630
    SHARES

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा विश्वासको मत लिने भएका छन् ।

    माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।



    विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयले ११ गते बिहान ११ बजे बैठक बोलाएको छ ।



    गत माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका गिरीलाई बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।

    ८७ सांसद रहेको लुम्बिनीमा अहिले एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार