Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिँदै

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 783
    SHARES

    रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने भएका छन् ।

    प्रदेश सभामा रहेका ८ दलको समर्थनमा प्रदेश प्रमुखबाट वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले ६ दिनमै विश्वासको मत लिन लागेका हुन् ।



    विश्वासको मत प्रयोजनका लागि सभामुख तुलाराम घर्तीले मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आहृवान गरेका छन् ।



    लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिन सकिने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार