Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 717
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।

    आज (मंगलबार) बसेको लुम्बिनी प्रदेशसभाको दसौँ बैठकबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका हुन् ।



    प्रदेशसभामा भएका १० दलमध्ये ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ जना सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।



    उनको प्रस्तावको विपक्षमा नेकपा एमालेका सांसदले मत दिएका छन् भने राप्रपाका सांसदहरु तटस्थ रहेका छन्।

    चौधरी यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार