Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

    मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 675
    SHARES

    जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिन लागेका छन्।

    सरकार गठनमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार व्यवस्था अनुसार उनले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।



    पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएका थिए ।



    समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।

    यसकारण मुख्यमन्त्री यादवले आज साँझ ५ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । हाल प्रदेश सरकारमा सरकार गठनका बेलाका सहभागी दल एमाले बाहेक सबै दल सहभागी रहेको छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार