Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मधेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद विस्तार, एमालेबाट ३ मन्त्रीले लिए शपथ

    मधेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद विस्तार, एमालेबाट ३ मन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 582
    SHARES

    जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन्।

    शनिबार नेकपा एमालेका थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको शपथ लिएका हुन्।



    शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् ।



    राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

    यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन् ।

    शनिबार मन्त्रिपरिषद विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन् ।

    नेपाली कांग्रेस-माओवादी-जसपा गठबन्धन भत्किएरका नेकपा एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार