Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मधेशका मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत

    मधेशका मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 588
    SHARES

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् ।

    प्रदेशसभा बैठकमा उपस्थित १०४ जनामध्ये मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका थिए । विश्वासको मतको विपक्षमा ३५ मत परेको थियो । नेकपा एमाले र जनमत पार्टीका सांसदले विपक्षमा मतदान गरे ।



    मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमा बहुमत सदस्यले मत दिएकाले विश्वासको मत प्राप्त भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।



    गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन् ।

    नेपालको संविधानले सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिन भित्रमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

    जसपाका यादव गत वर्ष पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार