Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले मागे विश्वासको मत

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले मागे विश्वासको मत

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 495
    SHARES

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत मागेका छन्।

    लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसको दशौँ बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत मागेका हुन्।



    यस्तै, प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको बताएका छन्।



    मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत लिन लागेका हुन्।

    चौधरी नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

    लुम्बिनी प्रदेशसभामा एमाले ३७ सांसद छन् भने कांग्रेसका १९, माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका १ छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार