Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सभामुख चयनका लागि मतदान आज, सत्ता र विपक्षी गठबन्धन भिड्दै

    सभामुख चयनका लागि मतदान आज, सत्ता र विपक्षी गठबन्धन भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 525
    SHARES

    काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा आज सभामुख चयनका लागि मतदान हुँदैछ ।

    सत्ता साझेदार दलहरूको समर्थनमा नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादी लगायत दलहरूको समर्थनमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका छन् ।



    उनीहरूबीच सभामुखका लागि बिहीबार प्रतिनिधि सभामा प्रतिस्पर्धा हुन लागेको हो । संघीय संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ ।



    प्रतिनिधि सभा सदस्यहरूले आफूमध्येबाट सभामुख चयन गर्ने व्यवस्था छ। अहिले सभामुख नभएका बेला ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले सभामुखको भूमिका निर्वाह गरिरहेका छन् ।

    बिहीबार प्रतिनिधि सभाबाट सभामुख र माघ ७ गते उपसभामुख चयन गर्ने तयारी छ। सभामुख पदमा मनोनयन दर्ताका लागि बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म दिइएको समयमा दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार