Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ‘फ्लोरक्रस’नभए देवराज घिमिरे सभामुख पक्का

    ‘फ्लोरक्रस’नभए देवराज घिमिरे सभामुख पक्का

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 522
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि सत्तारूढ दल नेकपा एमाले र प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको संसद्कै ठूलो दल नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।

    सभामुखका लागि एमालेले प्रतिनिधिसभा सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा घिमिरे झापाबाट निर्वाचित भएका थिए ।



    त्यस्तै, कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । उनी समानुपातिक सांसद हुन् । घिमिरेको प्रस्तावक एमाले नेता सुवासचन्द्र नेम्वाङ छन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका नेता समर्थक छन् ।



    कांग्रेसबाट उम्मेदवारी दिएकी न्यौपानेको प्रस्तावक कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थक नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला छन् ।

    सभामुख पदमा दुई जनाको उम्मेदवारी परे पनि सांसदको अंकगणितका आधारमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एमालेतर्फबाट उम्मेदवार बनेका सांसदका पक्षमा सबैको मत आए घिमिरेको पक्षमा बहुमत पुग्ने अवस्था छ ।

    ती दलको मत घिमिरेलाई आए २ सय ७५ प्रतिनिधिसभा सदस्यमध्ये घिमिरेको पक्षमा १ सय ४५ भन्दा बढी मत पुग्नेछ । सभामुखमा निर्वाचित हुन साधारण बहुमत अर्थात् १ सय ३८ सांसदको मत आवश्यक पर्छ ।

    प्रतिनिधिसभामा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ सांसद छन् । यी चार दलका सांसद संख्या १ सय ४४ पुग्छ ।

    संसद्मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको जसपा र लोसपाले भने कांग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्ने निर्णय गरेका छन् । कांग्रेससँग ८८ सांसद छन् ।

    प्रतिनिधिसभामा जसपाका १२, नेकपा एकीकृत समाजवादीका १० तथा लोसपाका ४ सांसद छन् । यी सबै गर्दा कांग्रेस उम्मेदवारका पक्षमा ११४ जना देखिएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार