Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पेरुमा प्रहरीलाई ज्युँदै जलाइयो, प्रदर्शनमा ४७ जना मारिए

एजेन्सी । पेरुमा एकजना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि प्रहरी अधिकृतको ज्युँदै जलाएर मारिएको हो ।

पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् ।

एक जना सहकर्मीका साथ गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र टिटिकाका तालको सिमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेर उनीहरूको गाडीमा आगो लगाएको थियो।

करिब तीन सय ५० जना आक्रमणकारीले आफूहरूलाई आक्रमण गरेका सोनका सहकर्मी रोनाल्ड विलासान्टे टोकले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077