एजेन्सी । उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएको छ ।
संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि सबै आन्तरिक उडान रोकिएको हो ।
फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एएफए) का अनुसार कम्प्युटर सिस्टममा देखिएको गडबडी ठिक गर्ने प्रयास भइरहेको छ ।
पायलटलाई आफ्नो रुटमा कुनै खतराको आशङ्का हुँदा अलर्ट पठाउने सिस्टममा गडबडी हुँदा समस्या आएको हो । पूरै देशको एअरस्पेसमा असर पुगेको बताइएको छ ।