Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमल थापाको प्रस्ताव - नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखौं

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग गरेका छन् ।

३०१औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आज राप्रपा नेपालले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो माग गरेका हुन् ।

उनले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचार भन्दा माथि रहेको भन्दै नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको बताए ।

उनलाई सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077