Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डलाई भेट्न बालुवाटार पुगे बागमतीका मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री जम्मकट्टेल आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

भेटका क्रममा उनीहरुबीच आपसमा बधाई साटासाट भएको छ ।

साथै बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे र विश्वासको मत लिने र समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077