Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक, सभामुखबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रतिनिधिसभा सभामुखको निर्वाचनमा उम्मेमदवारीको विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि नयाँ परिस्थितिमा कांग्रेसले सभामुखको उम्मेदवारीबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको हो।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको घोषणा गरेको छ । कांग्रेसले विश्वासको मत प्रधानमन्त्रीलाई दिएदेखि अब सभामुखको निर्वाचनमा कांग्रेसले के गर्छ भन्ने विषयलाई चासोपूर्वक हेरिएको छ ।

प्रतिपक्षमा बस्ने घोषणा गरिसकेपछि सत्ता गठबन्धनबाहेक आफ्नो मत देखाउन पनि उम्मेदवारी दिएर जानुपर्ने विषय कांग्रेसमा उठेको छ । उम्मेदवारी र पात्रका विषयमा पनि छलफल गर्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077