Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रदेश राजधानी दाङको देउखुरीमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई शपथग्रहण गराएका हुन्।

बुधबार प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

त्यस्तै,  एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले पनि बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077