Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा दिउँसो २ बजेका लागि डाकिएको बैठक केही बेरअघि मात्र सुरु भएको हो ।

बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी तथा संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् ।

पछिल्लो राजनीतिक घटनाक्रममा पार्टीले लिने नीति तथा आउँदो माघ १५ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डाका विषयमा छलफल गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको घोषणा गरेको छ । कांग्रेसले विश्वासको मत प्रधानमन्त्रीलाई दिएदेखि अब सभामुखको निर्वाचनमा कांग्रेसले के गर्छ भन्ने विषयलाई चासोपूर्वक हेरिएको छ ।

प्रतिपक्षमा बस्ने घोषणा गरिसकेपछि सत्ता गठबन्धनबाहेक आफ्नो मत देखाउन पनि उम्मेदवारी दिएर जानुपर्ने विषय कांग्रेसमा उठेको छ । उम्मेदवारी र पात्रका विषयमा पनि छलफल गर्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077