Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानी संसदको प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ ।

जापानी संसदका सदस्य मासाकी जैरासँग आलोकनगर, मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट भएको हो ।

भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालयलगायतका विषयमा जापान सरकारको सहयोगका विषयमा छलफल भएको थियो ।

जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दलहरुको बीचका अन्तरसम्बन्धका बारेमा छलफल भएको नेकपा एसले जनाएको छ ।

जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानका विषयमा जापानको तर्फबाट सकारात्मक धारणा व्यक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077