काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जसकारण सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका केही भागमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू-भागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशको तराई भू–भागमा बाक्लो हुस्सु÷कुहिरो लागिरहेको छ । हिमपात र बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेको महाशाखाको भनाई छ ।