Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं । आगामी माघ २५ गतेका लागि निर्धारित राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन ८ वटा राजनीतिक दलले निवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि यहि पुस २५ गतेदेखि २८ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो । आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार ८ वटा राजनीतिक दलले भाग लिन निवेदन दर्ता गराएका छन्।

लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक पदको उपनिर्वाचन माघ २५ गते हुने भएको छ ।

आयोगका अनुसार उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र बहुजन शक्ति पार्टीले दल दर्ता निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077