Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : पहिलो खेलमा प्रदेश १ विजयी

काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको पहिलो खेलमा प्रदेश १ विजयी भएको छ ।

इटहरीस्थित जनता क्रिकेट पार्कमा शुक्रबार बिहान भएको उद्घाटन खेलमा प्रदेश एकले मधेस प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।

मधेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश एकले ११.१ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो

। काजल श्रेष्ठले २४ र कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडे। पहिले ब्याटिङ गरेको मधेस १९.२ ओभरमा ४९ रनमा अलआउट भएको थियो।

प्रदेश एक सबनम राईले ४, रुबिना क्षेत्री र निशा राईले २–२ तथा ज्योति दनुवार, तथा अलिशा खडियाले १–१ विकेट लिए। अर्को खेलमा सुदूरपश्चिम र बागमतीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077