Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीपलाई छाड्न अदालतको आदेशसहितको पत्र कारागार पुग्यो

काठमाडौं । बलात्कार आरोप लागेपछि गत असोजमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुँदैछन्।

उनलाई रिहा गर्नका लागि जिल्ला अदालत काठमाडौंले केन्द्रीय कारागार सुन्धारामा पत्र पठाएको हो। पत्र पुगेसँगै सन्दीपलाई रिहा गर्ने तयारी गरिएको छ।

उनलाई २० लाख रूपैयाँ धरौटी लिएर रिहा गर्न बिहीबार उच्च अदालतले आदेश दिएको थियो।

अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए जबरजस्ती करणीको मुद्दामा रिहा गर्न भनिएको छ। सन्दीपका दाजु मोहन लामिछाने शुक्रबार अदालत खुल्नासाथ धरौटी बापत नगद २० लाख रुपैयाँ जिल्ला अदालत काठमाडौंमा बुझाएका थिए।

काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गरेर मुद्दाको टुंगो लगाउन आदेश दिएको हो।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजालसले यस्तो आदेश गरेको हो। सन्दीप ३ महिना ९ दिनपछि रिहाइ हुन लागेका हुन्।

भदौ ६ गते एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप सन्दीपमाथि छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077