Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशको सभामुखका लागि आज उम्मेदवारी दर्ता गरिँदै

जनकपुरधाम । मधेस प्रदेशको सभामुख पदको लागि आज उमेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उमेदवारी दर्ताको लागि समय तोकिएको छ ।

दलहरुले प्रस्ताव गरेको उमेदवारको नामावली आज नै दिउँसो ३ः३० बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ ।

प्रस्ताव भएको नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन् । नेकपा एमालेले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ ।

केन्द्रीय सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको टुङ्गो काठमाडौंबाट नै तय गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077