Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आजको मौसम : तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।

तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम खुलेको छ । दिउँसो पारिलो घाम लाग्ने महाशाखाले जनाएको छ । आज बिहान गरिएको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

तराईका थोरै भूभागमा हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077