Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुध्रिँदै अर्थतन्त्र : बढ्यो विदेशी मुद्रा सञ्चिति, शोधानान्तर बचतमा

    सुध्रिँदै अर्थतन्त्र : बढ्यो विदेशी मुद्रा सञ्चिति, शोधानान्तर बचतमा

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 588
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले आयातमा कडाइ तथा अनुत्पादक क्षेत्रमा लगानीमा कडाइ गरेपछि मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ जान थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ५ महिनामा आयात घटेकाले र निर्यातमा सुधार भएकाले विदेशी मुद्रा सञ्चिति वढेको छ ।

    आर्थिक वर्ष २०७९÷८० को पाँच महिनामा संघीय सरकारले पुँजीगत खर्चमा उल्लेखनीय प्रगति गर्न नसके पनि चापमा परेको अर्थतन्त्र केही सहज भएको छ ।



    तथापि आर्थिक वर्ष २०७९÷०८० को पाँच महिनामा ३३ अर्ब ९९ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ । गत वर्षको तुलनामा पुँजीगत खर्च बढेको हो । गत वर्षको पाँच महिनामा २८ अर्ब ४० करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको थियो ।



    आयातमा कमी, पर्यटक आगमनमा वृद्धि र रेमिट्यान्समा वढोत्तरी भएपछि विदेशी मुद्रा आर्जन भइ शोधानान्तर बचतमा आएको छ भने सरकारको चालु खातामा सुधार भएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार