Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी

जनकपुरधाम । मधेस प्रदेश सभाको सभामुखका लागि दुई जना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एमालेबाट रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जंगीलाल रायले शनिबार प्रदेशसभा सचिवालयमा मनोनयन दर्ता गराएका हुन्।

मण्डललाई नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्टिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ।

त्यसैगरी कांग्रेसबाट उम्मेदवारी दिएका रायलाई अन्य कुनै दलले समर्थन गरेको छैन। माघ २ गते सभामुख चयन गर्न दुबै जनाबीच प्रतिष्पर्धा हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। सत्ता गठबन्धनबीच मधेस प्रदेशको सभामुखमा एमाले र उपसभामुख जनमत पार्टीले पाउने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077