Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पूर्वराष्ट्रपति बोल्सोनारोमाथि छानबिन गर्न ब्राजिलको सर्वोच्च अदालत सहमत

एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोले देशको कङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा तोडफोड गर्ने अति दक्षिणपन्थी भीडलाई उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्न ब्राजिलको सर्वोच्च अदालत सहमत भएको छ ।

न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले पूर्वराष्ट्रपति बोल्सोनारोले दङ्गाको दुई दिनपछि फेसबुकमा पोस्ट गरेको भिडियोलाई उद्धृत गर्दै भएको अनुसन्धानमा बोल्सोनारोलाई समावेश गर्न अभियोजकको कार्यालयबाट अनुरोध गरेका थिए ।

लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतिमा निर्वाचित नगरिएको तर सर्वोच्च अदालत र ब्राजिलको निर्वाचन प्राधिकरणले छानेको दाबी गरिएको छ ।

तर, बोल्सोनारोले दङ्गापछि भिडियो पोस्ट गरेका र अर्को दिन यसलाई हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077