Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपति र सभामुख निर्वाचनअघि कांग्रेससँग पनि छलफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति र सभामुख निर्वाचनअघि सबै दलसँग छलफल गर्ने बताएका छन् ।

बालुवाटारमा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै यस्तो बताएका हुन् ।

उनले माघ ३ गते मंगलबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।

“राष्ट्रिय महत्त्व बोकेका विषयमा राष्ट्रियरुपमा नै सहमति कायम गर्ने मेरो तयारी छ,” उनले भने, “३ गतेसम्म सर्वदलीय छलफल गर्ने तयारीमा छु । सर्वदलीय बैठकमै आएको विचारपछि राष्ट्रपति र अन्य पदमा छलफल हुन्छ ।”

राष्ट्रिय महत्त्व बोकेका विषयमा राष्ट्रियरूपमा नै सहमति कायम गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077