Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली पुगे बालुवाटार

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली पुगे बालुवाटार

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 591
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । आइतबार अपरान्ह ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

    प्रधानमन्त्रीले विश्वासको मत लिए पनि सरकारलाई पूर्णता दिन नसक्दा सत्ता साझेदार दलका शीर्ष नेता छलफलमा व्यस्त छन् ।



    सरकारको पूर्णतासँगै भेटवार्तामा शक्ति बाँडफाँट, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।



    त्यस्तै दुई नेताबीच पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनाका विषयमा पनि छलफल भएको छ । पोखरामा विमान दुर्घटना भएसँगै प्रचण्ड सबै कार्यक्रमहरु रद्ध भएको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार