Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालमा हुने एकदिवसीय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल, नामिबिया र स्कटल्यान्डबीच हुने एकदिवसीय क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको शृङ्खलाको तालिका सार्वजनिक गरेको हो ।

नेपालले पहिलो खेल फेब्रुअरी १४ अर्थात् फागुन २ गते नामिबियासँग खेल्नेछ । यस्तै स्कटल्यान्डसँग फागुनको ५ गते, ६ गते नामिबियासँग र ९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

विश्व कप लिग–टु अन्तर्गतको शृङ्खलाको तालिकामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्कसहित शीर्ष स्थानमा र नामिबिया ३० खेलमा ३७ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077