Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पेरुमा प्रदर्शन उग्र बन्दै, राजधानी लिमासहितका क्षेत्रमा आपत्काल घोषणा

एजेन्सी । पेरुको सरकारले राजधानी लिमा र अरू तीन क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरेको छ ।

राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन उग्र बन्दै गएपछि सरकारले राजधानीसहित आन्दोलन चर्किएका क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरेको एएफपीले जनाएको छ ।

प्रदर्शनका क्रममा सुरक्षा फौजले बल प्रयोग गर्दा ४२ जनाको ज्यान गइसकेको छ । राष्ट्रपतिले ३० दिनका लागि आपत्कालीन अवस्थाको घोषणा गर्दै आन्दोलनमाथि हस्तक्षेप गर्न सेनालाई अधिकार दिएका छन् ।

अपदस्थ राष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरूले डिसेम्बरदेखि पेरुका सडकमा र्‍याली र नाकाबन्दी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077