Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानमा पूर्वमहिला सांसद मुर्सलको गोली हानी हत्या

एजेन्सी । अफगानिस्तानमा एक पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ ।

राजधानी काबुलस्थित आफ्नै घरमा रहेको समयमा सांसद मुर्सल नाबिजादा र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको हो ।

नाबिजादाको घरमा प्रवेश गरेका बन्दुकधारीहरुको समूहले उनको अंगरक्षकलाई गोली हाने लगत्तै नाबिजादाको हत्या गरेका थिए । घटनामा उनका भाइ र एक सुरक्षागार्ड घाइते भएका छन् ।

घटना भए लगत्तै अर्का सुरक्षागार्ड भने घरको गहना चोरी गरी फरार भएका छन् । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077