Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अफगानिस्तानमा पूर्वमहिला सांसद मुर्सलको गोली हानी हत्या

    अफगानिस्तानमा पूर्वमहिला सांसद मुर्सलको गोली हानी हत्या

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 816
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अफगानिस्तानमा एक पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ ।

    राजधानी काबुलस्थित आफ्नै घरमा रहेको समयमा सांसद मुर्सल नाबिजादा र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको हो ।



    नाबिजादाको घरमा प्रवेश गरेका बन्दुकधारीहरुको समूहले उनको अंगरक्षकलाई गोली हाने लगत्तै नाबिजादाको हत्या गरेका थिए । घटनामा उनका भाइ र एक सुरक्षागार्ड घाइते भएका छन् ।



    घटना भए लगत्तै अर्का सुरक्षागार्ड भने घरको गहना चोरी गरी फरार भएका छन् । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार