Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला राष्ट्रिय क्रिकेट : प्रदेश १ को लगातार दोस्रो जित, लुम्बिनीको पहिलो हार

काठमाडौं । प्रदेश नम्बर-१ ले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश-१ ले लगातार दोस्रो जित निकालेको हो ।

प्रदेश–१ ले प्रस्तुत गरेको ६० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित नौ ओभरमा सात विकेट गुमाएर ५० रनमात्र बनाउन सक्यो ।

लुम्बिनीकी ओपनर लक्ष्मी चौधरीले ३१ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । संगीता प्रदेश–१ की संगीता राईले तीन विकेट लिइन् । प्रदेश–१ बाट किफायती बनेकी संगीताले दुई ओभरमा चार रनमात्र खर्चिइन् ।

मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ९ ओभरमा झारिएको थियो ।

यसअघि खेलमा टस जितेर ब्याटिङमा आएको प्रदेश–१ ले निर्धारित ९ ओभरमा चार विकेट गुमाएर ५९ रनको योगफल खडा गरेको थियो ।

प्रदेश–१ की ओपनरद्वय काजल श्रेष्ठले २१ र कप्तान रुविनाले १७ रन जोडेका थिए । यी दुईले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । यसबाहेक, अप्सरी बेगमले टिमको खातामा १२ रन थपिन् ।

लुम्बिनीका कृतिका मरासिनी, सरस्वती पुन र बिवान्सा बिसीले समान एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077