Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सीके राउतको आग्रह - सोर्स फोर्सका लागि फोन नगर्नुस्, अर्को पटक फोन उठाउन गार्‍हो हुन्छ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सोर्स फोर्सका लागि फोन नगर्न आग्रह गरेका छन् ।

उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत जागिर लगाइदिन, सरूवा गराइदिन, परीक्षामा पास गराइदिन धेरै फोन आउन थालेको भन्दै यस्तो आग्रह गरेका हुन् ।

मलाई जागिर लगाइदिन फोन गरिदिनुस्, सरूवाको लागि फोन गरिदिनुस्, प्रवेश परीक्षामा सोर्स लगाइदिनुस्, दूतावासमा नाम निकालिदिनुस्, भिसा दिलाइदिनुस्, बढी तलब दिलाईदिनुस् आदि भनेर अनुरोध नगर्न उनले आग्रह गरे । यस्तो अनुरोध आएमा अर्को पटकदेखि फोन नै उठाउन गाह्रो हुने उनले बताए ।

उनले फेसबुकमा लेखेका छन् ‘तपाईंले मलाई भ्रष्टाचार अन्त्य गर्न र सुशासनका लागि जिताउनु भएको हो। त्यसैले मलाई जागिर लगाइदिन फोन गरिदिनुस्, सरूवाको लागि फोन गरिदिनुस्, प्रवेश परीक्षामा 'सोर्स' लगाइदिनुस्, दूतावासमा नाम निकालिदिनुस्, भिसा दिलाइदिनुस्, बढी तलब दिलाईदिनुस् आदि भनेर कृपया अनुरोध नगर्नुहोला। यस्तो अनुरोध आएमा अर्को पटक फोन उठाउन गार्‍हो हुन्छ। हो, प्रक्रिया नै कतै गलत भइरहेको छ भने ठोस प्रमाण सहित सो प्रक्रिया निष्पक्ष र धाँधलीरहित बनाउन अवश्य भन्न सक्नुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077