Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विश्वासको मत दिने दलहरुसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत दिने दलहरुसँग आज छलफल गर्दै छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार छलफल गरेका उनले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न आजका लागि बैठक बोलाएका हुन् ।

विभिन्न पदका विषयमा विश्वासको मत दिने दलहरुसँग आज अपरान्ह ४ बजे प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ ।

सभामुख, राष्ट्रपति लगायतका विषयमा छलफल हुनेछ । यस्तै सत्ता साझेदार दलहरुले सोमबार साँझ मन्त्रीमण्डल विस्तारको सहमति गरेको छ ।

एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३–३ र जनमत पार्टीले एउटा मन्त्रालय लिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077