काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
जसकारण पहाडी भू-भागमामा आंशिकदेखि सामान्य बदली रहने र तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
‘हाल लागिरहेको कुहिरो केही अबेर खुले पनि कडा घाम लाग्ने सम्भावना छैन । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।