Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रीको शपथ लिनुअघि लिङदेनले भने -अग्नि परीक्षामा होमिने निर्णय गरेँ, म खरो उत्रनेछु !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् ।

उपप्रधान तथा उर्जा मन्त्रीको शपथ लिने तयारीमा रहेका अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । राप्रपा ३ मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुँदै छ ।

लिङ्देनले मन्त्रिपरिषद्मा सहभागी हुने निर्णयलाई लिएर असन्तुष्ट बनेका आफ्ना समर्थकहरूलाई धीरता राख्न अनुरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ । जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !’

जसअनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । यस्तै ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् भने विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन् । यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077