Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्यायाधीश गिरीमाथि कारबाही अगाडि बढाउन माग गर्दै सर्वोच्चमा प्रदर्शन

काठमाडौं । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत भवन परिसर अगाडि प्रदर्शन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी परेको छ ।

गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलबार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरेकी छिन् ।

धेरै पटक न्यायपरिषद्मा कारबाही प्रक्रियाका लागि धाउँदा पनि आफ्ना माग आलटाल गरेका कारण प्रदर्शनमा उत्रनुपरेको प्रदर्शनमा सहभागी एक महिलाले जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077