Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमल थापा भन्छन् - प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी छ

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएको बताएका छन् ।

मंगलबार हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले सो कुरा बताएका हुन् । उनले प्रजातान्त्रिक शक्ति निर्माणको यात्रा रोकिने नभई अबिछिन्न रहने बताए ।

म्याराथन दौडमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै थापाले आत्मसमर्पण र विलयको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

'देशमा एउटा बलियो राष्ट्रबादी, लोकतान्त्रिक र सम्बर्द्धनवादी शक्ति निर्माण गर्ने अभियानमा निरन्तर लागेको छु । यात्राक्रममा कहिले सत्तामा पुगेँ, कहिले सडकमा, कहिले फुलमाला र ताली पाएँ, कहिले गाली, म्याराथन दौडको खेलाडीको मुल्यांकन दौडको अन्तमा हुन्छ । हाम्रो यात्रा जारी,' अध्यक्ष थापाले भने ।

आम निर्वाचनमा ठूलो अपेक्षा नभएपनि सोचे अनुसार परिणाम नआएको विषयलाई गम्भीरतापूर्वक लिएको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077