Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा संसदीय दलको बैठक आज पुनः बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज पुनः बस्दैछ ।

मंगलबार पार्टी कार्यालयमा बसेको बैठकको एजेण्डामाथिको छलफल जारी रहेकाले बैठक आज पनि बस्न लागेको हो ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय दलको बैठक आज दिनको १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक एजेण्डामा छलफल हुने बताइएको छ ।

मंंगलबारको बैठकमा अध्यक्ष उपेन्द्र यादवले जसपालाई मन्त्रिपरिषदमा सन्तुलित र न्यायोचित सहभागिता गराउन सत्ता साझेदार दलले नचाहेको विषयमा जानकारी गराएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो मन्त्रिपरिषद विस्तार गर्दा जसपा सरकारमा सहभागी भएन । सो दलका लागि युवा तथा खेलकुद र वन ता वातावरण मन्त्रालय सुरक्षित राखिएको भए पनि रोजेको मन्त्रालय दिनुपर्ने भन्दै सो दलले असहमति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077