Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

घाँस काट्न गएका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

सुनसरी । हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ।

वडा नम्बर ५ का स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

जङ्गलमा घाँस काट्न गएका माझीलाई मंगलबार बिहान ११ बजे हात्तीले आक्रमण गरी मारेको वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिए।

एक महिनादेखि धरान र बराहक्षेत्र नगरबीचको चारकोसे जङ्गलमा ठूलो समूहमा हात्ती आएर बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077