Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् ।

बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठक पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो । छलफल सकिएपछि उम्मेदवारी दर्ता गर्ने तयारी रहेको छ ।

त्यस्तै, सभामुख उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूसँग छलफल गरिरहेको छ ।

सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराइसकेका छन्। बिहीबार प्रतिनिधि सभामा सभामुखका लागि मतदान हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077