Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तत्काल सरकारमा नजाने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने भएको छ। बुधबार बसेको जसपा संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो।

त्यस्तै, जसपाले सभामुखको निर्वाचनका विषयमा नेपाली कांग्रेससँग छलफल गर्ने भएको छ। संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीलाई छलफलको जिम्मा दिएको छ।

आज पनि अध्यक्ष उपेन्द्र यादवले कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077